Windows XP मा Desktop Blank भयो भने फर्काउने तरिका


Windows XP मा Desktop Blank भयो भने फर्काउने तरिका

कुनै specific software अथवा virus का कारण कम्प्युटरको desktop blank भई दिन सक्छ । यस्तोमा desktop मा कुनै पनि desktop icon देखिदैन, न start बटन देखिन्छ र न Taskbar... मात्र mouse pointer देखिन्छ र त्यसमा पनि न right click हुन्छ न अरु केही गर्न मिल्छ ।

हिजो मेरो कम्प्युटरमा पनि यस्तै problem देखियो र के कारणले हो भन्दै खोज्दै जादा अन्तत कारण पत्ता लाग्यो र समस्या हल भयो । त्यसैले कुनै कारणबस तपाईंहरुको कम्प्युटरमा पनि यस्तो समस्या देखिएको होला अथवा देखिन सक्छ भनेर के कसरी यो समस्यालाई solve गर्ने भन्ने बारेमा share गर्न खोजेको छु ।

यस्तो समस्यामा desktop मा केही icon, स्टार्ट बटन र taskbar नदेखिए पछि के कसरी प्रोग्रामहरु चलाऊने भन्नेमा comfuse भईनै हाल्छ, Ctrl+Alt+Delete कि थिचेर task manager लाई भने show गराउन सकिन्छ र त्यहा बाट new task गरेर प्रोग्रामहरु त खोल्न मिल्छ वा त्यहा explorer.exe टाईप गरेर खुलेको explorer बाट पनि प्रोग्रामहरु चलाऊन मिल्छ । तै पनि आफ्नो कम्प्युटरलाई पुरानै अवस्थामा फर्काउने उपाय त गर्नै पर्‍यो नि हैन र ??

समस्या समाधानको तरिका :

१) सर्वप्रथम Ctrl+Alt+Delete कि थिचेर task manager खोल्नुहोस् ।
२) file मा क्लिक गर्नुहोस् र new task (run...) मा जानुहोस् ।
३) खुलेको बक्समा regedit टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
४) कम्प्युटरको registry editor पेज खुल्नेछ ।
५) त्यहा सावधानी पुर्वक यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows NT\CurrentVersion\Winlogon

६) Winlogon को दाँया तिर Shell value भएको नाम खोज्नुहोस् र त्यसलाई double क्लिक गरेर खोल्नुहोस् ।
७) त्यहा मात्र Explorer.exe टाईप भएको हुनु पर्छ । अन्य केही छ भने त्यसलाई मेटाउनुहोस् र Explorer.exe टाईप गरी ok गर्नुहोस् ।
८) कम्प्युटरलाई restart गरिदिनुहोस् । तपाईंको कम्प्युटर Normall मा फर्किनेछ ।

यो तरिकाले windows Vista मा पनि काम गर्छ ।

Unknown Lights
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk.blogspot.com

No comments:

Post a Comment