कम्प्युटर 'स्लो' भए =>

कम्प्युटर 'स्लो' भए


कम्प्युटर चलाउँदै जाँदा आफैंलाई सुस्त भएको महसुस हुन्छ। यस्तो किन हुन्छ भने, हामी इन्टरनेट चलाउँदा विभिन्न किसिमका सफ्टवेयर डाउनलोड र इन्स्टल गरिरहेका हुन्छौं। यसरी अनावश्यक र इच्छा नहुँदा-नहुँदै इन्स्टल भएका सफ्टवेयर जम्मा हुँदै जाँदा कम्प्युटरलाई भार बढ्छ र सुस्त
हुन्छ। त्यसैले बेला-बेला कन्ट्रोल
प्यानलमार्फत् यस्ता सफ्टवेयर सकेसम्म बढी फाल्नुपर्छ। अत्यावश्यक भएरै कुनै सफ्टवेयर इन्स्टल गरे पनि आवश्यक पर्ने मात्रै अप्सन छान्नुपर्छ। विभिन्न कारणले कतिपय एप्लिकेसनका आइकन टाक्स बारमा आफैं आएर बस्छन्। थाहै नपाई यस्ता आइकन बढ्दै जाँदा कम्प्युटरको र्याम बढी प्रयोग हुन्छ। कम्प्युटर खुल्न धेरै बेर लाग्छ, खुलेपछि पनि काम सुस्त हुन्छ। त्यसैले, टास्क बारबाट अत्यावश्यक बाहेकका आइकनहरू
हटाउनुपर्छ।बेला बेलामा आफ्नो कम्प्युटरमा डिश्क- क्लिनअप,क्लिनअप जस्ता सफ्टवेयरहरु चलाएर आफ्नो कम्प्युटरमा बस्ने अनावस्यक अस्थाई फायलहरु ह्टाउन सकिन्छ।





          किरण "अनविज्ञ"  

          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk.blogspot.com

No comments:

Post a Comment